info@jayrimal.com

98********

क्यामेरा मै ताली !

क्यामेरा मै ताली !

 

नैतिकता हराइसक्यो जे मा पनि खेल,

सबै भए खेलाडी त्यसमा पनि झेल ।

नीति, बिधि, संस्कार सबै अरुलाई सिकाउन,

आफ्नो बाहेक अरु सबको आउँछ कर्तव्य निभाउन ।।

 

बगलमा लास पर्दा छिमेकी अर्कै धुनमा,  

संवेदनाले हार खायो, लोभ बग्यो खुनमा ।

सत्कर्मका कथा भाक्छन् व्यास बनी सभामा,

नक्कली श्रद्धा देखाउँछन् सामाजिक सञ्जालमा ।।

 

पापको मेसो मिलाउँछन् धर्मको खोल ओढेर,

पाए सम्म न्याय बेच्छन आफ्नै कर्तव्य भुलेर । 

दान दिन्छन् क्यामेरामा मन भने खाली,

लाज शरम केहि छैन लिन्छन् क्यामेरामै ताली ।।

Views: 511

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

10

खुसी

0

दुःखी

1

अचम्मित

0

उत्साहित

0

आक्रोशित