home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

एकमा अनेक !

Jay Rimal Sep 17, 2024   •   1161 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

पात्र एक प्रवृत्ति अनेक,

तथ्य एक अनुमान अनेक ।

दृष्टान्त एक प्रभाव अनेक,

गन्तव्य एक सपना अनेक ।।

 

व्यक्ति एक छायाँ अनेक,

बोल्ने एक गर्ने अनेक ।

देखिने एक देखाउने अनेक,

सत्य एक अफवाह अनेक ।।

 

जमिन एक बिरुवा अनेक,

मुहान एक बहाव अनेक । 

पाउने एक आश्वासन अनेक,

फल एक आकांक्षी अनेक ।।

 

रुप एक सौन्दर्य अनेक,

कर्म एक फल अनेक ।

घटना एक पीडित अनेक,

क्षमता एक जिम्मेवारी अनेक ।।

 

असोज, २०८१

टोखा, काठमाण्डौं

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 13 उत्कृष्ट
🤩 2 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्