home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

क्यामेरा मै ताली !

Jay Rimal Mar 13, 2025   •   1167 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

नैतिकता हराइसक्यो जे मा पनि खेल,

सबै भए खेलाडी त्यसमा पनि झेल ।

नीति, बिधि, संस्कार सबै अरुलाई सिकाउन,

आफ्नो बाहेक अरु सबको आउँछ कर्तव्य निभाउन ।।

 

बगलमा लास पर्दा छिमेकी अर्कै धुनमा,  

संवेदनाले हार खायो, लोभ बग्यो खुनमा ।

सत्कर्मका कथा भाक्छन् व्यास बनी सभामा,

नक्कली श्रद्धा देखाउँछन् सामाजिक सञ्जालमा ।।

 

पापको मेसो मिलाउँछन् धर्मको खोल ओढेर,

पाए सम्म न्याय बेच्छन आफ्नै कर्तव्य भुलेर । 

दान दिन्छन् क्यामेरामा मन भने खाली,

लाज शरम केहि छैन लिन्छन् क्यामेरामै ताली ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 15 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्