home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

आफैं बनौं मोती !

Jay Rimal Apr 10, 2025   •   1789 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

मनले रोज्छ बाटो, विवेकले देख्छ राह,

अरुको डरले चल्दैन, टिक्दैन पनि त्यो चाह ।

आफैंभित्रको शक्ति जागोस्, जलोस् ज्ञानको ज्योति,

परनिर्भरता तोडौं हजुर, आफैं बनौं मोती ।।

 

डरको छाँयामा लपेटिंदा, हराउँछ सोंच गहिरो,

बुझाइले नै बन्छ जीवन, रचनाको धरातल थिरो ।

नियम पालना गर्दै जाँदा, मानिस हुन्छ ज्ञानी, 

ज्ञानले दिन्छ सभ्यताको आधार, हामी हुन्छौं नामी ।।

 

डरले होइन, चेतनाले खोलौं मनको ढोका,

अन्तर्मन जागेपछि, हट्छन् ज्ञानका भोका ।

सद्बुद्धिको बाटो खुलोस्, सत्यको होस् अभ्यास,

नियममा बाँधौं सबलाई, मेटौं अनुशासनको प्यास ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 17 उत्कृष्ट
🤩 2 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्