info@jayrimal.com

98********

आफैं बनौं मोती !

आफैं बनौं मोती !

 

मनले रोज्छ बाटो, विवेकले देख्छ राह,

अरुको डरले चल्दैन, टिक्दैन पनि त्यो चाह ।

आफैंभित्रको शक्ति जागोस्, जलोस् ज्ञानको ज्योति,

परनिर्भरता तोडौं हजुर, आफैं बनौं मोती ।।

 

डरको छाँयामा लपेटिंदा, हराउँछ सोंच गहिरो,

बुझाइले नै बन्छ जीवन, रचनाको धरातल थिरो ।

नियम पालना गर्दै जाँदा, मानिस हुन्छ ज्ञानी, 

ज्ञानले दिन्छ सभ्यताको आधार, हामी हुन्छौं नामी ।।

 

डरले होइन, चेतनाले खोलौं मनको ढोका,

अन्तर्मन जागेपछि, हट्छन् ज्ञानका भोका ।

सद्बुद्धिको बाटो खुलोस्, सत्यको होस् अभ्यास,

नियममा बाँधौं सबलाई, मेटौं अनुशासनको प्यास ।।

Views: 264

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

9

खुसी

0

दुःखी

0

अचम्मित

1

उत्साहित

0

आक्रोशित