home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

(म/हामी) प्रहरी !

Jay Rimal Sep 13, 2025   •   1509 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

मुटु भक्कानिएको छ, मन बहकिएको छ, 

बोल्न अनि लेख्न धेरै मन छ !

तर भावनामा बहकिने छुट कहाँ छ र मलाई ?

जिम्मेवारी निर्वाहको क्रममा लागेको चोटमा

आँशु बगाउने छुट समेत छैन मलाई ।

सायद, म एक संवेदनाहिन मानव हुँ !

 

कर्तव्यको बलिबेदीमा रगत र पसिना धेरै बगाएँ,

तर यहाँ बलिदानीको रगतमा पनि भेदभाव हुँदो रहेछ !

अरुका रगतले व्यवस्थामै परिवर्तन ल्याउँदा पनि

हाम्रा रगत भने सदा मूल्यहिन हुँदा रहेछन् ।

 

उस्तै जिम्मेवारीमा रहेका अरुले जिम्मेवारी पूरा गरे पनि हुने नगरे पनि हुने,

तर हामीले भने हरेक कठिन परिस्थितिमा ढाल बनी उभिनुपर्ने,

जिम्मेवारी पूरा गर्दा पनि नगर्दा पनि कानुनी कसीमा बाँधिनुपर्ने,

गल्ती भए पनि नभए पनि दोषी करार हुनुपर्ने, 

यो या त्यो जे सुकै होस्, कारण कसैले सुन्न/बुझ्न नचाहने, 

अनि सुने/बुझे पनि आफ्नो पूर्व धारणा अनुरुप व्याख्या गर्ने ।

 

घर जलेको छ, बास छैन, 

सारा वस्त्र जलेका छन्, कपास छैन, 

शरणार्थीको हालत भएको छ, गाँसको ठेगान छैन,

सायद, प्रहरी हुनु आजीवन एक पीडित हुनु हो, 

जो हर प्रहर आफूमाथी हुने हरेक अपराध सहन मन्जुर छ !

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 11 उत्कृष्ट
🤩 1 रोचक
😢 29 दुखद
प्रतिक्रिया दिनुहोस्