info@jayrimal.com

98********

आफ्नै अनुहार भुल्ने त हो

आफ्नै अनुहार भुल्ने त हो

 

जंगलको बिचमा चलेको मन्द बतासले 

गुँडमा बसेको चरी मदहोस् भो । 

चराहरुको चिरबिर कम हुँदा,

रातको मधुरता छिप्पिदै गो ।।

 

शीतल पवनले आवधिक बिश्राम लिंदा,

उसको जवानी भरिंदै गो ।

चाहना असीमित अनि गन्तव्य अनिश्चित हुँदा,

छटपटिरहने उसको गति बेलगाम भो ।।

 

जंगलको बिच प्रयोग नै नहुने बाटोमा डोजर चलाउँदा, 

बनजंगल बिनाश हुने नै भो ।

अर्थहिन उडान नभर्न सुझाब दिनेलाई पेल्दै, थिच्दै र निचोर्दै जाँदा

यात्राका सारथीहरु छिमलिंदै गो ।।

 

आफ्नामा रमाई राम्राहरुलाई पाखा लगाउँदा,

सज्जनहरुलाई समेत गुमाउँदै गो ।

असुरक्षित उडानमा साथ नदिनेलाई लछार्दै, बडार्दै अनि टुक्र्याउँदै जाँदा,

उसकै गन्तव्य प्राप्ति अनिश्चित भो ।।

 

स्वार्थका खातिर निर्णय फेरिरहँदा

बहुरुपी पहिचान त बन्ने नै भो ।

सक्कली ऐनामा आफूलाई नजाँच्दा,

आफ्नै अनुहार भुल्ने त हो ।।

 

चैत्र, २०८०

टोखा, काठमाण्डौं ।

२०८१ बैशाख २७ गते साहित्यपोष्टमा प्रकाशित (https://sahityapost.com/kabyapost/kabya-poetry/145271/) ।

Views: 125

यो रचना तपाईलाई कस्तो महसुस भयो ?

1

खुसी

0

दुःखी

0

अचम्मित

1

उत्साहित

0

आक्रोशित