home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

तिनका खुशी मुहार हेर्ने

Jay Rimal Sep 01, 2024   •   634 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

जीवन यात्रा सबको हुन्छ छुट्टा छुट्टै प्रकृतिको, 

आफ्नो कर्म, आफ्नै भाग्य अरु बांकी समष्टिको ।

मेरो जीवन, मेरो भोगाई अनि मेरो स्मरण,

यसैमा नै भयो मेरो सृजनाको अंकुरण ।।

 

मनमा कुरा खेलाउँदै कालो पहाड चढ्दै गर्दा,

च्वास्स दुख्यो मेरो मुटु मानवतामा प्रहार हुँदा ।

अनायसै जीवनको छुट्टै अर्थ खोज्न पुगें,

भावनामा बहकिई फेरी अर्को पाना भरें ।।

 

जब सुनें मैले तिनको कारुणिक कथा व्यथा,

सोचें मैले उतार्दिने तिनीहरुको जीवन गाथा ।

चाहें मैले सृजनामा भावनाको बाढी पोख्न,

देखे जति सबै दृश्य शब्दभित्रै कैद गर्न ।।

 

लक्ष्य मेरो रचनामा ती दु:खीका पीडा बोल्ने, 

उनीहरुका जीवनभोगाई शब्दमा नै समेट्दिने ।

कल्पनामै तिनका सारा संघर्षका कथा लेख्ने,

सपनामै सही बरु, तिनका खुशी मुहार हेर्ने ।।

 

२०७९, भदौ

मान्म, कालीकोट ।

२०७९ भदौ २४ गते सेतोपाटीमा प्रकाशित ।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 2 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्